सुनचाँदीको मूल्य बढ्यो

न्युजलय ३० भदौ २०८२, सोमबार ०४:५८ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । 

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।