इटहरी । सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ । मोरङको लेटाङमा सहकारीले नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा मोवाइल बैकिङ्ग सुरु गरेको हो ।
सहकारीलाई प्रविधिमैत्री वनाउने उद्धेश्यसहित एम बैँक टेक्नोलोजी र प्रेमिम टेक्नोलोजीसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
मोवाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा रकम ट्रान्सफर गर्न सकिने सहकारीबाट बैकमा रकम ट्रान्सफर गर्न सकिने खल्ती, इसेवा, प्रभु पे, क्युआर, विद्युत महशुल भुक्तानी, हवाई टिकट बुकिङ्ग गर्न सकिने सहकारीका उपाध्यक्ष दिपक थापाले जानकारी दिए ।
सहकारीका अध्यक्ष किरण पराजुलीको अध्यक्षतामा भएको पदस्थापना लगायतका कार्यक्रममा सहकारीको नया कार्यसमितिको पदस्थापना समेत गरिएको थियो ।
हालै सम्पन्न भएको सहकारीको साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपक थापा रहेका छन भने सदस्यहरुमा स्वागत श्रेष्ठ, उमानाथ दाहाल, रुपनायण भट्टराई, पवित्रा कुमारी घिमीरे निरौला र पवित्रा शर्मा घिमीरे चयन भएका थिए ।