घट्यो सुनको भाउ

न्युजलय २३ भदौ २०८२, सोमबार ०६:३१ मा प्रकाशित

काठमाडौँ ।  सुनको भाउ सोमबार घटेको छ।

सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदी पनि उच्च विन्दुमा पुगेर ओरालो लागेको छ। सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ।