हेटौंडामा पाँचवटा सवारीसाधन आपसमा ठोक्किए, १५ जना घाइते

न्युजलय २३ साउन २०७९, सोमबार ०५:३८ मा प्रकाशित

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बससहित ५ वटा सवारी आपसमा ठोक्किदा १५ जना घाइते भएका छन् । 

सोमबार(आज) हेटौंडा–१५ को रातोमाटे नजिक ठूलो ट्रक, दुई ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।