अर्जुनधारामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

न्युजलय ७ भदौ २०८०, बिहिबार १२:५५ मा प्रकाशित

झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

करेन्ट लागेर अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो  । उनकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते भएकी छन् । ममतलाई करेन्ट लागेपछि बचाउने क्रममा अमृतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेमा रहेको शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको हो । ममताको अवस्था सामान्य रहेको र अहिले बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

इलाम नगरपालिका–२ का रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएको थियो ।