प्रदेश १ मा आज थप २०१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार ०१:०८ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, सङ्खुवासभा र खोटाङमा २-२, तेह्रथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २२२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र १२६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २०६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।