इटहरीबाट खोटाङ जाँदै गरेको बुलेरो उदयपुरमा दुर्घटना

न्युजलय २ असोज २०८३, शुक्रबार १०:१६ मा प्रकाशित

इटहरी । उदयपुरको बसाहा स्थित हात्तिसारमा बुलेरो गाडी दुर्घटना भएको छ । 

आज बिहान मदनभण्डारी राजमार्ग हुँदै इटहरीबाट खोटाङ जाँदै गरेको प्रदेश १–०२ ००१ ज ४६१९ नम्बरको बुलेरो दुर्घटना भएको हो । 

बिहान करिब ८ः४० बजे भएको उक्त दुर्घटनामा परी गाडीमा सवार ५ जना गम्भिर घाइते भएका छन् । सडकमा अनियन्त्रित भई भएको उक्त दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।