आज प्रदेश १ मा थप ८०९ जनामा कोरोना पुष्टि

न्युजलय १४ माघ २०७८, शुक्रबार ०१:४३ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, सङ्खुवासभा र भोजपुरमा २-२, ताप्लेजुङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना सङ्क्रमण भएको हो ।

 

प्रदेश १ मा आज ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।