खोटाङ । हलेसी मन्दिर तीर्थालुका लागि खुलाइएको छ । कोरोनाका कारण माघ पहिलो सातादेखि बन्द मन्दिर फागुन १ गतेदेखि खुलाइएको हो ।
यसबिचमा पूजारीले गर्ने नित्य–दैनिक पूजाआजा भने नियमित नै थियो । मन्दिर खुलेपछि तीर्थालु आउन थालेको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका वडाध्यक्ष चयन्द्र राईले बताए ।
स्थानीयहरूका अनुसार कोरोना महामारी हुनुभन्दा पहिले यस मन्दिरमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक तथा तीर्थालु आउने गरेका थिए ।