गरीब लक्षित खाद्य सुरक्षा परिचयपत्रको घोषणा

न्युजलय १५ जेठ २०७९, आइतबार ११:०५ मा प्रकाशित

काठमाडौ । सरकारले गरीब र श्रमिक परिवारलाई खाद्य सुरक्षा परिचयपत्र दिने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो परिचयपत्र दिने बताएका हुन्।

हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलेर खाद्य सुरक्षा परिचयपत्रका आधारमा सुपथ मूल्यमा खाद्यान्न दिइने बजेटले घोषणा गरेको हो । तर, सरकारले गरीब पहिचान गरी गरीब घरपरिवार परिचयपत्र दिने घोषणा हरेक वर्ष गर्दै आए पनि गरीबको समेत पहिचान गर्न सकेको छैन ।