नेप्सेमा १५ अंकको वृद्धि

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०९:११ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । 

आज कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।