७३ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २८ फाल्गुण २०७८, शनिवार १०:०८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमूना परीक्षणमध्ये ३० पीसीआर र ४३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।  हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । 

मन्त्रालयका अनुसार थप १९२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ ।