यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १९ असार २०७९, आइतबार ०२:४४ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहने भएको हो।

  

यतिबेला प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।


आज दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


आज राति देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।