काठमाडौं । सोमबार(आज) सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो ।