काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।
विमानमा सवार १९ जनामध्ये १५ जनाको शव निकालिएको र बाँकी चार जना अस्पतालमा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार उद्धार गरिएका चार जनामध्ये तीन जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ भने पाइलट एक जनालाई केएमसी अस्पताल पुर्याइएको छ।
मर्मतका लागि पोखरा जान लागेको जहाजका सबै १९ कर्मचारी नै सौर्य एयरलाइन्सका थिए।
प्रहरीले शवहरू संकलन गरेर शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै छ।