विराटनगर । मोरङको उर्लाबारीमा पिकअपले ठक्कर दिँदा बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ का २८ वर्षीय राजन घिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
धिमालले चलाएको को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले राति ८:४० बजेतिर ठक्कर दिएको थियो । गम्भीर घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९ः२५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।