काठमाडौ । अध्यक्षमा पराजित भएपछि राप्रपा नेपालका नेता कमल थापाले पार्टी फुटाउने तयारी गरेका छन् । महामन्त्री राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएपछि उनले अलग हुने तयारी थालेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोगले लिंगदेनले जितेको आरोप लगाउँदै उनले छानविन हुनुपर्ने मागसमेत राख्दै आएका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।
उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको बताएका छन् । त्यसपछि उनले पार्टी फुटाउने तयारी गरेका छन् । आफुसम्बद्ध नेताहरुलाई भेटेर नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन् ।