काठमाडौँ । वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ।
गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।
दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए। उनीहरुले आयोगमा पुगेर सनाखत गरेको पाण्डेले नेपालखबरलाई बताए।
दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको उनले बताए।
दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा होमिएका छन्।