लमजुङमा भूकम्पको धक्का

न्युजलय १७ पुस २०७८, शनिवार ०६:१९ मा प्रकाशित

काठमाण्डौ । लमजुङमा भूकम्प गएको छ । 

शनिबार (आज) बिहान १० बजेर १३ मिनेट जाँदा दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।