मोरङमा बालिकालाई करणी गर्ने चौधरी पक्राउ

न्युजलय २० माघ २०७८, बिहिबार ०७:१५ मा प्रकाशित

विराटनगर । मोरङमा बालिकामाथि जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । 

सुन्दरहरैँचा नगरपालिका–५ की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ५३ वर्षीय चौधरी सोही नगरपालिकाको बाँसबारीका भएको प्रहरीले बताएको छ । उनले बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।

चौधरीले जबरजस्ती करणी गरेको सूचना पाए लगत्तै गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।