विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई एमालेको भ्रातृ संगठन अनेरास्ववियुले कालो झन्डा देखाएको छ ।
बिहीबार(आज) विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झन्डा देखाइएको हो ।
अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका विद्यार्थीहरूले कालो झन्डा देखाएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कालो झन्डा देखाउने विद्यार्थीहरूलाई रोक्न खोज्दा सामान्य झडप भएको थियो ।
संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी प्रदेश सरकारले सातवटा मन्त्रालय विस्तार गरेर १२ वटा पुर्याएकाले विरोधमा उत्रिन बाध्य भएको उनीहरुले बताए । मन्त्रालय विस्तारको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।