धरानमा ७२ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

न्युजलय १३ माघ २०७८, बिहिबार ०७:२० मा प्रकाशित

धरान । धरानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । 

वीपी प्रतिष्‍ठानमा धरानमा  उपचाररत  धरान–१५ का ७२ बर्षीय संक्रमित वृद्धको बिहीबार(आज) बिहान मृत्यु भएको हो । 

उनलाई ९ गते कोभिड पुष्‍टि भएको र १२ गते कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । प्रतिष्‍ठानका अनुसार मृतक संक्रमितले कोभिडविरुद्धको खोप लगाएका थिए ।

प्रतिष्‍ठानमा कोभिड संक्रमणका कारण हालसम्म ४३० जनाको मृत्यु भइसकेको छ ।