इटहरी । रामधुनी नगरपालिकाले वार्ड नम्बर ६ वडा कार्यालयमा कार्यरत वडा सचिव नन्द कुमार श्रेष्ठको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।
शुक्रबार नगरपालिकामा बसेको नगरकार्यपालिकाको बैठकले श्रेष्ठको निधनमा चैत्र २० गते आइतवार शोक विदा दिने निर्णय गरेको हो ।
बुधवार निधन भएका श्रेष्ठको विदेशबाट छोरी आएपछि शनिवार अन्त्येष्टि गरिने भएको छ।
गत बुधबार विहान वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सचिव श्रेष्ठको मृत्यु भएको थियो।