नेपालको लिपुलेक र भारतको अरुणान्चललाई आफ्नो भूभागमा देखाएर चीनद्वारा नक्सा सार्वजनिक

न्युजलय १३ भदौ २०८०, बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौँ । चीनले नेपालको लिपुलेकलाईसमेत आफ्नो भुभागमा समेटेर नक्सा जारी गरेको छ । 


सोमबार स्ट्यान्डर्ड म्याप भन्दै चीनले नयाँ नक्सा जारी गरेको हो । सो नक्सामा नेपालको चुच्चे भाग चीनतर्फ पारिएको छ । 


नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।