आज २६ आश्विन २०८३ सोमवारको राशिफल

न्युजलय २६ असोज २०८३, सोमबार ०५:४९ मा प्रकाशित

मेष । धनमा वृद्धि हुनेछ। आफन्तहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष । रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। धन आर्जनका नयाँ योजनाहरू अगाडी बढ्नेछन्। गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन । अनावश्यक कार्यमा सहभागी जानइनेछ। कडा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंह । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरुको झैँ झगडामा नपर्नुहोस्। बोलीमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या । नयाँ कार्यको रूपरेखा बन्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आजका शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला । स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आफन्तहरू मध्य वैचारिक मतभेदको सम्भावना रहेको छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु । कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर । आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ । व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोस जागरमा कमी आउन सक्छ। पठनपाठनमा र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मीन । कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक धन खर्चले मन अप्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर बनाइएका योजनाहरू स्थगित गर्नुपर्ला। आध्यात्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

स्रोत हाम्रोपात्रो