काठमाडौं । काठमाडौं महानगरपालिकामा २१ हजार मत गणना हुँदा स्वतन्त्र उमेदवार बालेन साहले ८ हजार ३७ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितको भने ४ हजार २५९ मत छ । स्थापित बालेनभन्दा ३७७८ मतले पछाडि छन् ।
यस्तै, कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७०३ मत ल्याएकी छन् ।