गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

न्युजलय ४ फाल्गुण २०७८, बुधबार १२:३३ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

 

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते (बुधबार) दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ। 

 

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ।