धनुषा । जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशनमा पदाधिकारीको मनोनयन दर्ताको समय राति ८ बजेसम्म बढाइएको छ । मनोनयन दर्ताको समय राति ८ बजेसम्मका लागि बढाइएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले बताए ।
मंगलबार दिउासो १ः३० देखि साढे ४ बजेसम्म मनोनयन पत्र दर्ताको समय तोकिएको थियो । तर साँझ ६ बजेसम्म पनि मनोनयन दर्ता नसकिएपछि निर्वाचन समितिले समय राति ८ बजेसम्मको लागि बढाएको हो ।
मनोनयन दर्तासँगै निर्वाचन कार्यतालिका समेत परिवर्तन भएको छ ।