झापा । मलद्वारमा लुकाएर ल्याएको लागूपदार्थ ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका मेचीनगर–४ स्थित राईसिङमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले शंका लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आलेमगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ परेका मगरलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।