नेप्से ४१.९३ अंकले वृद्धि

न्युजलय १५ असार २०७९, बुधबार ०९:१४ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा बुधबार(आज) २ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । आज नेप्से ४१.९३ अंकले वृद्धि भएर १९६२.७१ अंकमा बन्द भएको छ ।

बुधबार नेप्सेमा वृद्धि हुँदा सबै उपसूचक बढेका छन् । विकास बैंक र वित्त कम्पनी उपसूचक ४ प्रतिशतमाथिले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि करिब ४ प्रतिशत र व्यापार उपसूचक साढे ६ प्रतिशतमाथिले बढेको छ ।

कारोबार पनि करिब डेढ अर्ब पुगेको छ । आज बजारमा कुल एक अर्ब ४३ करोड १४ लाख रुपैयाँको कारोबार भयो । ङ्यादी ग्रुप पावरको सर्वाधिक पाँच करोड ४३ लाखको कारोबार भएको छ ।