बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , ४ गम्भिर घाइते

न्युजलय ३ बैशाख २०७९, शनिवार ०७:३५ मा प्रकाशित

काठमाण्डौ । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

रैनादेवि छहरा गाउँपालिकास्थित–६ को  पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी सोही वडाको धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मृतक जिसी बस धनी र चालक समेत हुन् ।  दुर्घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् । घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।