घट्यो सुनचाँदीको भाउ

न्युजलय २९ कार्तिक २०८२, शुक्रबार ०४:५१ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको हो । बिहीबार तोलाको २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदी तोलामा ६० रूपैयाँले घटेको छ । महासंघकाअनुसार चाँदी ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।