काठमाडौँ । सेयर बजार बुधबार (आज) ५३.३१ अंकले ओरालो लागेको छ ।
सेयर बजार ५३.३१ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४५५.६० विन्दुमा सीमित भएको छ।
सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ। आज ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा कारोबार भएको छ।
हिजो मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो। आज सबै उपसमूह राताम्मे छन्।