आज सेयर बजारको कारोबार बन्द

न्युजलय २४ फाल्गुण २०७९, बुधबार ०२:५९ मा प्रकाशित

काठमाडौँ । आज सेयर बजार कारोबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।