झापामा करेन्ट लाग्दा टिपर चालकको मृत्यु

न्युजलय २३ चैत २०७८, बुधबार ०७:५१ मा प्रकाशित

 झापा । झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार(आज) बिहान कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालकको मृत्यु भएको हो ।  

हल्दिबारी–५ बस्ने ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।