टन्सिल भयो ? यसरी घरमै गर्नुहोस् उपचार

न्युजलय १४ असोज २०७९, शुक्रबार ०३:०६ मा प्रकाशित

गलामा टन्सिल हुने समस्या धेरै मानिसमा देखिन्छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्छ । यसले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन ।

 

संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ । घरेलु उपायले टन्सिल निको पार्न सकिन्छ ।

 

मरिच

मरिच र तुलसीका पातलाई उमालेर गाढा काढा बनाउनुस् । राति सुत्नुअघि दूधमा यो काढा हालेर पिउनुस् ।


मह र दालचिनी

एन्टीब्याक्टेरियल गुणले भरपूर दालचिनीको धूलो र मह मिसाएर दिनमा तीनचोटि खानुस् । त्यसो गर्दा गलाको टन्सिल हट्छ ।


बेसार

बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।


हर्बल चिया

ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु बिस्तारै मर्छन् अनि समस्या हट्छ । यसको साटो अदुवा र मह हालेको चिया पिउन पनि सक्नुहुन्छ ।


यी चीज बार्नुस्

टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेर नहाल्नुस् ।


भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फल नखानुस् । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् ।