संस्थापक र पूर्व सञ्चालकहरुसँग महिला बचतले गर्यो अन्तरक्रिया

न्युजलय ४ पुस २०७८, आइतबार ०२:४१ मा प्रकाशित

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाले संस्थापक सदस्य तथा पूर्व सञ्चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 


आफ्नै हलमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । करिब ७० जना संस्थापक तथा पूर्व सञ्चालकबिच अन्तरक्रिया भएको थियो ।   


इटहरीमा २०५५ सालमा स्थापित यो सहकारी अहिले प्रदेश १ कै ठूलो सहकारीमा पर्छ । त्यसमाथि महिलाले व्यवस्थापन गरेको पूर्वकै ठूलो र देशमै औंलामा गन्न सकिने सहकारीहरुमध्ये महिला बचत तथा ऋण सहकारी संस्था पनि पर्छ । 


संस्थालाई अझै सक्रिय बनाएर लाने विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष अमृता सुब्बाले जानकारी दिइन् ।


कार्यक्रममा बोल्ने बक्ताहरुले महिला बचतको प्रगति निकै राम्रो रहेको र यसलाई अझ धेरै सेयर सदस्य थपेर व्यवस्थित तरिकाले विकास गरेर लग्नु पर्नेमा जोड दिए । कमि कमजोरी हरु औंलाउदै आगमि दिनमा सच्याउनु पर्ने सल्लाह सुझाव पनि सहभागीहरुले दिएका थिए ।


काेभिडकाे कारणले लामाे समय पछि यस्तो कार्यक्रम गरिएको हो ।