टेको लगाइएको पुल भाँच्चिदा ट्रिपर चालकको मृत्यु

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०४:३२ मा प्रकाशित

काठमाण्डौ । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक जनाको मृत्यु भएको छ । 

लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा  ट्रिपर चालकको मृत्यु भएको हो ।

पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । 

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।