बढ्दै कोरोना संक्रमण, एकैदिन ६२ जनामा कोरोना संक्रमण

न्युजलय १५ असार २०७९, बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४  घन्टामा देशभरबाट १६२० नमूनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार ४४ जनामा कोरोना संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १००८ नमूनाको पीसीआर र ६१२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ५१ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले  जनाएको छ । आज थप १९ जना कोरोनामुक्त भएका छन्।