काठमाडौं । नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा विवरण नबुझाउने तीन वटा सेयर ब्रोकर कम्पनीमाथि कारबाही गरेको छ। बोर्डले सनी सेक्युरिटिज (ब्रोकर–४२), इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) लाई कारबाही गरेको हो।
नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेस नगर्ने तीन वटा कम्पनीलाई कारबाही गरिएको बोर्डले बताएको छ। बोर्ड सञ्चालक समिति बैठकले २४ पुसमा तीन वटै धितोपत्र दलाल व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको हो।
बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ (२) अनुसार सनी सेक्युरिटीजलई १० हजार रुपैयाँ जरिमाना गरेको छ। यस्तै, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५–७५ हजार जरिमाना गर्ने निर्णय भएको छ।