सुनसरी एमाले जिल्ला अधिवेशनअन्तर्गत बन्दसत्र सुरु

न्युजलय २४ पुस २०७८, शनिवार ०६:३८ मा प्रकाशित

इनरुवा । नेकपा एमाले सुनसरी जिल्ला अधिबेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ । 

पार्टीका केन्द्रिय सदस्य तथा पार्टीका इन्चार्ज जगदिश कुसियैतको अध्यक्षतामा बनाइएको अध्यक्ष मण्डलमा भगवती चौधरी, तैयव हुसेन, इन्दु गौतम, मञ्जु भण्डारी, डम्बर सुवेदी, रामप्रसाद मेहता, पोष्ट नेपाल र डि वी रहेका छन् ।

बन्दसत्रका अध्यक्ष कुसियतले पेस गरेको आचार संहिता प्रतिनिधिबाट पारित भएको छ । बन्दसत्रले सकेसम्म सहमतिमा जिल्ला नेतृत्व सहित पदाधिकारी तथा सदस्य चयन गर्ने छ । 

सहमति नभए जिल्ला भरका प्रतिनिधिले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने छन् । जिल्ला अध्यक्षका लागि संविधान सभा सदस्य रेवतीरमण भण्डारी, हाल अध्यक्ष खेमराज पोखरेल, इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, रामप्रसाद चौलागाईले दाबी गरेका छन् ।