काठमाण्डौ । बिहीबार(आज) सेयर बजारमा गिरावट आएको छ ।
प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।