बेबिलोन स्कुल बसले ठक्कर दिदाँ एक महिलाको घटनास्थलमै मृत्यु

न्युजलय २० चैत २०७८, आइतबार ०२:०९ मा प्रकाशित

इटहरी । इटहरीमा स्कुल बसले ठक्कर दिदाँ एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ५ मा रहेको बेबिलोन बोडिङ स्कुलको को १ क १८६६ बसले अन्दाजी ३५, ४० बर्षीया महिलालाई इटहरी १८ कान्छिचोक चतरा सडकखण्ड नयाँटोलमा ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय पकलीले बताएको छ । 


महिलाको सनाखत हुन बाँकी रहेको तथा बस र सबारीचालक दुबै प्रहरी नियन्त्रणमा रेहेको इलाका प्रहरी कार्यालयका प्रहरी असही सुबास खड्काले बताए ।


घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोस्टमाटर्मका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ ।