पाँचथरमा पहिरोले बगाउँदा कम्तिमा २१ जनाको मृत्यु

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०२:०७ मा प्रकाशित

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालीकामा पहिरोले २४ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् । पहिरोले बगाएका २४ जनामा मध्ये २१ जनाको शव भेटिएको छ ।

उनकाअनुसार मिक्लाजुङ ५ मा १५ जनाको मृत्यु २ बेपत्ता, १ मा २, वार्ड २ मा २ जना, ४ मा १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजु ५ को कुरुम्बामा एकै ठाँउ ११ जनाको मृत्यु भएको छ ।

यस्तै फिदिम ४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा ३ जना र कुम्मायमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ ।