युवा संघका अध्यक्ष थेबेमाथि आक्रमण प्रयास

न्युजलय १० भदौ २०८०, आइतबार ०६:०२ मा प्रकाशित

 धरान । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि सत्तापक्षका दलमा आबद्ध पहिचानवादी आन्दोलनकारीले आक्रमण प्रयास गरेका छन् ।

युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा थेबेमाथि ढुंगामुढा भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी युवा संघले दिएको छ ।

यसअघि जसपासहित विभिन्न जातीय संगठनले थेबेलाई धनकुटा प्रवेशमा निषेध लगाइएको भन्दै वक्तव्य निकालेका थिए ।