प्याब्सन सुनसरीले गर्यो वक्तृत्वकला प्रतियोगिता

न्युजलय ९ भदौ २०८०, शनिवार ०३:०४ मा प्रकाशित

सुनसरी । प्याब्सन सुनसरीले गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा बराहक्षेत्रको मुनविम स्कुल प्रथम भएको छ । 


यस्तै इनरुवाको इस्ट पोइन्ट दोस्रो र इटहरीको युनिभर्सल स्कुल तेस्रो भएको छ । कार्यक्रममा माउण्ट समिट वल्ड स्कुलले सान्त्वता स्थान प्राप्त गरेको छ । 


सुनसरी जिल्लामा पर्यटनको सम्भावना विषयमा गरिएको प्रतियोगितामा जिल्ला भित्रबाट १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए । 


प्रतियोगिता प्याब्सनका केन्द्रिय समिती सल्लाहकार शंकर थापा प्रमुख अतिथी थिए।