काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा आगामी तीन महिनाभित्र महँगी १४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
आहिले पनि महँगी १४ प्रतिशत नै रहेको अनुमान गरिएको सर्वेक्षणमा सहभागीहरूले बताएको उल्लेख छ । आगामी एक वर्षपछि महँगी १३ प्रतिशतमा रहने पनि सर्वेक्षणमा उल्लेख छ ।
त्यसैगरी गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरिएको छ ।