प्रदेश १ मा आज थप ४६२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

न्युजलय १७ माघ २०७८, सोमबार १२:४६ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा १(१ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको हो ।  


यस्तै, प्रदेश १ मा आज ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३६९ महिला र ३०९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।