काठमाडौँ । चीनले आफ्ना फुटबल खेलाडीहरूलाई शरीरमा खोपको टाटु हटाउन निर्देशन दिएको छ ।
चीनको खेलकुदको सामान्य प्रशासनले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई टाटु हटाउन निर्देशन दिदै त्यस्तो नगरेमा टिमबाट बाहिर बस्नुपर्ने चेतावनी दिएको हो ।
खेलकुदको सामान्य प्रशासनको नयाँ निर्देशिकामा खेलाडीहरू टिममा रहिरहन शरीरको टाटु हटाउनु पर्ने बताएको छ ।
आउदो पिढीलाई राम्रो उदाहरण पेश गर्न यस्तो आदेश दिएको खेलकुद प्रशासनले जनाएको छ ।
प्रशासनको विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय टोली र यू २३ राष्ट्रिय टोलीका खेलाडीहरूलाई नयाँ ट्याटु बनाउन कडाइका साथ प्रतिबन्ध लगाइएको छ, र जससँग पहिले नै ट्याटुहरू छन् उनीहरूलाई आफैं हटाउन सल्लाह दिइन्छ । यदि खेलाडीले विशेष परिस्थितिमा टाटु बनाएको छ भने खेलाडीहरूले प्रशिक्षण र खेलको समयमा ट्याटू छोप्नु पर्ने छ ।
चीनले यसअघि आफ्ना खेलाडीहरूको उपस्थितिमा २०१८ मा महिला फुटबल म्याच खेलेको थियो जसमा खेलाडीहरूलाई रंगिएको कपालसँग खेल्न निषेध गरिएको थियो । तर पछि यो नियम रद्द गरिएको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्तीय शिक्षा विभागको नियमअनुसार खेलाडीहरूलाई कपाल रंगाउन, लामो कपाल बढाउन, अनौठो कपाल लगाउन वा कुनै सामान लगाउन रोक लगाइएको छ ।
यदि त्यस्तो गरेमा उनीहरुलाई खेल्न नदिने स्पष्ट गरेको छ ।
नयाँ नियमहरूले युवा खेलाडीहरूलाई राष्ट्रिय टोलीबाट निष्कासन गर्न सक्ने कुनै पनि नयाँ टाटु समस्या साबित हुने देखिन्छ ।