काठमाडौँ । कैलालीको गोदावरीमा बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन्।